२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीको नं. ४० रिजर्भ गणद्वारा रजत महोत्सव समारोह आयोजना

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नं. ४० रिजर्भ गण पिलुवा, बाराले आफ्नो २५औँ स्थापना दिवस तथा रजत महोत्सव विभिन्न कार्यक्रमसहित मनाएको छ।

समारोहमा जिल्लास्थित प्रशासनिक नेतृत्व, सुरक्षा निकायका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, सामाजिक संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बलका डीआईजी कृष्ण ढकालले सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच लामो समयदेखि सहकार्य र समन्वय कायम रहँदै आएको उल्लेख गरे। उनले सुरक्षा निकायले नागरिकको विश्वास आर्जन गर्ने गरी जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले सीमा सुरक्षालाई राष्ट्रिय सुरक्षाको महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्दै सीमावर्ती क्षेत्रमा स्थानीय समुदायसँगको सहकार्यमार्फत सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको बताए। सीमाक्षेत्रमा हुने चोरी-तस्करी, अवैध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका प्रभावकारी रहेको उल्लेख गर्दै उनले जनताको सुरक्षामा कुनै प्रकारको सम्झौता नहुने प्रतिबद्धता व्यक्त गरे।

डीआईजी ढकालले सार्वजनिक स्रोतबाट सञ्चालन हुने सुरक्षा निकाय नागरिकप्रति उत्तरदायी हुनुपर्ने धारणा पनि राखे।

कार्यक्रममा नं। ४० रिजर्भ गणका गणपति एसपी नरदीपकुमार बस्नेत ले सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व चुहावट नियन्त्रण तथा शान्ति सुरक्षामा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए। उनले स्थानीय तह, प्रशासन र सुरक्षा संयन्त्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार बारा, पर्सा र रौतहट जिल्लामा बाढी, आगलागी तथा सडक दुर्घटनालगायत विपद्का घटनामा सशस्त्र प्रहरीले उद्धार र राहत कार्यमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। सुरक्षा निकाय र स्थानीय सरकारबीच प्रभावकारी समन्वय भए मात्र नागरिकले गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने उनको भनाइ थियो।

एसपी बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारी, खेलकुद तथा आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट हुने सुरक्षाकर्मी, सहिद परिवार तथा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

समारोहमा सांस्कृतिक कार्यक्रम, कवाज प्रदर्शन तथा अन्य मनोरञ्जनात्मक गतिविधिसमेत समावेश गरिएको थियो। विसं २०५८ मा स्थापना भएको उक्त रिजर्भ गणले मधेश प्रदेशअन्तर्गत बारा, पर्सा र रौतहट जिल्लाका सीमा इकाईहरूमा जनशक्ति तथा बन्दोबस्ती व्यवस्थापनमा सहयोग गर्दै आएको छ।

0 Comments