२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता हो’ : राष्ट्रपति

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताएका छन् । 

‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ आदर्श वाक्यका साथ आज मनाउन लागिएको आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, “महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । घर, समाज, कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता देखिन्छ ।” 

राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हकअधिकार सुनिश्चित गर्न योगदान गर्ने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवादसमेत व्यक्त गरेका छन् । 

विसं २०६३ जेठ १६ गते तत्कालीन पुन:स्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै बर्सेनी जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइँदै आएको छ । महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास छ । 

राष्ट्रपति पौडेलले महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई विकास प्रक्रियाको मूल प्रवाहमा समाहित गरी आत्मनिर्भर बनाउन, स्रोत, साधन एवम् अवसरमा समान पहुँच स्थापित गर्न तथा निर्णय पक्रियामा सहभागिता अभिवृद्धि गर्न सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै आजका नेपाली महिलाले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताएका छन् । 

उनले भनेका छन्, “यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान तथा हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।” 

0 Comments