काठमाडौँ । तनहुँमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा.१ प ९२७ नम्बर बसको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ६९ वर्षीय सम्मर बहादुर रानाभाटको शनिबार दिउँसो मृत्यु भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







