२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्रीले थप सावधानी अपनाउनुपर्ने विश्वप्रकाश शर्माको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा व्यक्त गरेको धारणाप्रति असन्तुष्टि जनाएका छन्। 

उनले राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतासँग जोडिएका विषयमा सार्वजनिक अभिव्यक्ति दिँदा उच्च तहको जिम्मेवारी बोध आवश्यक पर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शर्माले मुलुकको कार्यकारी नेतृत्वमा रहेका व्यक्तिले सार्वजनिक रूपमा धारणा राख्नुअघि पर्याप्त सोचविचार गर्नुपर्ने उल्लेख गरेका छन्। विशेष गरी अन्तरदेशीय सम्बन्ध र सीमा जस्ता संवेदनशील विषयमा संयमित तथा परिपक्व अभिव्यक्ति अपेक्षित हुने उनको भनाइ छ।

प्रधानमन्त्री शाहले आइतबार संसदमा बोल्दै भारतले नेपालको भूमि अतिक्रमण गरिरहेको मात्र नभई नेपालले पनि भारतको केही भूभाग प्रयोग गरेको विषय आफूले हालै थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउने क्रम जारी छ।

शर्माले प्रधानमन्त्रीको भनाइ सरकारको आधिकारिक धारणा हो वा व्यक्तिगत दृष्टिकोण भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन्। साथै, प्रधानमन्त्री आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको यस विषयमा आधिकारिक धारणा के हो भन्ने प्रश्नसमेत उठाएका छन्।

उनले नेपाल-भारत सीमा विवादका विषयमा राष्ट्रिय एकता र साझा दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्दै यस्ता विषयले मुलुकलाई थप अन्योल र विभाजनतर्फ लैजान नहुने धारणा व्यक्त गरेका छन्। सीमा सम्बन्धी विषयमा तथ्य, कूटनीतिक मर्यादा र राष्ट्रिय हितलाई केन्द्रमा राखेर छलफल हुनुपर्नेमा उनले जोड दिएका छन्।

0 Comments