काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको हो ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
त्यसपछि आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यायको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।







