२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थल नाकाबाट ओसारपसार हुने व्यक्तिगत सामानको भन्सार छुट सीमा पाँच गुणाले वृद्धि

अ+ अ-

काठमाडौँ । सरकारले स्थल सीमा नाकामार्फत आवतजावत गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने व्यक्तिगत प्रयोजनका वस्तुको भन्सार छुट सीमा वृद्धि गरेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार अब स्थल नाकाबाट आउने-जाने व्यक्तिले ५०० रुपैयाँसम्म मूल्यका व्यक्तिगत प्रयोगका सामान साथमा ल्याए वा लगेमा भन्सार महसुल नलाग्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो छुटको सीमा १०० रुपैयाँ कायम गरिएको थियो।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार भन्सार कार्यालयका प्रमुखले वस्तुको प्रकृति र औचित्यका आधारमा ५०० रुपैयाँसम्मका निजी प्रयोगका सामग्री महसुलबिनै प्रवेश वा निकासी गर्न अनुमति दिन सक्नेछन्।

स्थलमार्ग प्रयोग गर्ने यात्रुलाई हवाईमार्गबाट यात्रा गर्ने व्यक्तिले पाउने सरहको सुविधा भने उपलब्ध नगरिएको व्यवस्था यथावत रहेको छ।

यसैबीच, भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि लागू विशेष व्यवस्था परिवर्तन गरिएको छैन। उनीहरूले आफ्नो प्रयोगका लागि साथमा ल्याएको ट्याबलेट वा कम्प्युटरमध्ये एक थान नेपाल भित्र्याउँदा भन्सार महसुल नतिर्नुपर्ने सुविधा निरन्तर रहनेछ।

यसअघि २०८२ जेठ १५ गते जारी गरिएको व्यवस्थाले १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु सीमा नाकाबाट ल्याउन रोक लगाएको थियो। उक्त प्रावधान कार्यान्वयनका क्रममा विभिन्न सीमा क्षेत्रमा असन्तुष्टि र विवादका घटना देखिएका थिए।

यो विषय संघीय संसद्मा समेत उठेको थियो। त्यसक्रममा स्वर्णिम वाग्ले ले पूर्ववर्ती सरकारले ल्याएको व्यवस्थाको समीक्षा गर्दै छुट सीमामा पुनर्विचार गरिने बताएका थिए।

सीमावर्ती क्षेत्रका व्यवसायीहरूले नयाँ व्यवस्थालाई सकारात्मक कदमका रूपमा लिएका छन्। सरकारले विगतमा पनि यस्ता व्यवस्थामा कडाइ गर्ने प्रयास गरे तापनि कार्यान्वयनका क्रममा चुनौती सामना गर्दै आएको छ।

0 Comments