२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

अ+ अ-

काठमाडौँ । नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ । बहुपक्षीयताको सुनिश्चितताका निम्ति त्यसो गर्नु अपरिहार्य भएको नेपालको अभिमत छ । 

राष्ट्रसंघीय मुख्यालयमा आज आयोजित ‘बहुपक्षीयताको भविष्य: सन् २०३० पछिका लागि राष्ट्रसंघीय विकास प्रणाली निर्माण’ छलफलमा संयुक्त राष्ट्रसंघीका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् २०३० पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन् ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य (एसडिजी) कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताए। 

उनले राष्ट्रसंघीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र होइन, साझेदारी र ऐक्यबद्धतामार्फत अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, स्थानीय सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उनको भनाइ थियो ।

स्थायी प्रतिनिधि थापाले आज गरिने निर्णयहरूले आगामी पुस्ताका लागि प्रभावकारी र परिणाममुखी बहुपक्षीय प्रणाली निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

0 Comments