२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य पुनः सुरु, बागमतीबाट ९ करोड निकासा

अ+ अ-

काठमाडौँ। निर्माण कार्य रोकिएको गौतमबुद्ध क्रिकेट रंगशालाको काम पुनः सुरु भएको छ। बजेट अभावका कारण करिब एक महिनादेखि ठप्प रहेको परियोजना बागमती प्रदेश सरकारबाट आवश्यक रकम निकासा भएपछि पुनः सञ्चालनमा आएको हो।

भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार प्रदेश सरकारबाट नौ करोड रुपैयाँ प्राप्त भएपछि निर्माण गतिविधि अघि बढाइएको हो। भुक्तानी नहुँदा निर्माण कम्पनीले अस्थायी रूपमा काम रोकेको थियो।

महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई पेश गरिएको बिलअनुसारको भुक्तानी प्रक्रिया पूरा भइसकेको जानकारी दिए।

रंगशालाको निर्माण जिम्मा हिमालयन कालिञ्चोक बीबीआर जेभीले लिएको छ। हालसम्म परियोजनाको करिब ५५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ।

सम्झौता अनुसार निर्माण कार्य २०८३ साल पुस २२ गतेसम्म सम्पन्न गर्नुपर्नेछ। २०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच करिब ७५ करोड ५० लाख ९१ हजार रुपैयाँको लागतमा सम्झौता भएको थियो।

यसअघि धुर्मुस-सुन्तली फाउन्डेसनले काम अघि बढाउन नसकेपछि परियोजनाको जिम्मा बोलपत्र प्रक्रियामार्फत नयाँ निर्माण कम्पनीलाई दिइएको हो।

0 Comments