२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धिका एजेन्डामा केन्द्रित भएर अघि बढ्ने दिल्लीबाट रवि लामिछानेको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर नेपालका विकास र समृद्धिसम्बन्धी विषयलाई केन्द्रमा राखेर भएको बताएका छन्।

नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाललाई आर्थिक तथा विकासको नयाँ चरणतर्फ अघि बढाउने उद्देश्यसहित विभिन्न तहमा संवाद र सहकार्यको वातावरण निर्माण गर्न आफू भारत आएको बताए।

लामिछानेले नेपालले लामो समयदेखि समृद्धिको लक्ष्य बोके पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै अब क्षेत्रीय सहकार्य र अनुभव आदानप्रदानमार्फत विकासको गतिलाई तीव्र बनाउने आवश्यकता रहेको धारणा राखे। उनले पछिल्ला वर्षहरूमा भारतले हासिल गरेको विकास अनुभवबाट पनि नेपालले सिक्न सक्ने बताए।

उनका अनुसार भ्रमणको उद्देश्य विभिन्न कूटनीतिक तथा संस्थागत संयन्त्रहरूसँग संवाद बढाउँदै आर्थिक विकास र समृद्धिको साझा आधार तयार गर्नु हो। उनले आफ्नो कुनै व्यक्तिगत माग वा पार्टीगत स्वार्थ नरहेको उल्लेख गर्दै नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर पहल भइरहेको दाबी गरे।

रास्वपा नेतृत्वको सरकार प्रारम्भिक चरणमै रहेकाले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले सरकारको कामकारबाहीबारे फैलाइने विभिन्न अड्कलबाजी र हल्लाप्रति सचेत रहन आग्रह गरे। सरकार विकास र सुशासनका लक्ष्यप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो।

लामिछानेले राजनीतिक भागबन्डाको अभ्यासलाई अन्त्य गरी परिणाममुखी शासन व्यवस्थातर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। चुनौतीहरू रहेको स्वीकार गर्दै उनले निरन्तर प्रयास र चरणबद्ध कार्य योजनामार्फत लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

उनले विकास र समृद्धिको यात्रा कठिन भए पनि असम्भव नभएको उल्लेख गर्दै दीर्घकालीन लक्ष्य प्राप्तिका लागि प्रारम्भिक कदमहरू दृढतापूर्वक चाल्नुपर्ने आवश्यकता औँल्याए।

0 Comments