१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेताका छोराछोरीलाई पार्टीमा जोड्न एमालेले अभियान चलाउने

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले संगठन विस्तारका लागि पार्टीका नेता तथा कार्यकर्ताका छोराछोरीलाई समेत सक्रिय रूपमा पार्टी संरचनामा समेट्ने अभियान अघि सार्ने भएको छ।

राजधानीमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीमार्फत यस्तो कार्यक्रम सञ्चालन गर्ने निर्णय सार्वजनिक गरिएको हो। पार्टीले नयाँ पुस्तासँग संवाद विस्तार गर्दै परिवारभित्रै राजनीतिक सहभागिता बढाउने उद्देश्यसहित योजना अघि सारेको जनाएको छ।

संकल्पपत्रमा पार्टीसँग आबद्ध परिवारका सदस्यका छोराछोरीलाई लक्षित गर्दै सबै कमिटी स्तरमा सम्मेलन तथा अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। उक्त अभ्यासले नयाँ पुस्तालाई संगठनसँग नजिक ल्याउने अपेक्षा गरिएको छ।

पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार यो अभियान विशेष रूपमा पार्टीका नेता तथा कार्यकर्ताका परिवारका सदस्यहरूलाई केन्द्रमा राखेर अघि बढाइनेछ। उनका अनुसार, परिवारभित्रको आपसी परिचय, सम्बन्ध र संगठनप्रतिको अपनत्व बढाउने लक्ष्य यस अभियानले राखेको छ।

आचार्यले यो पहलले पार्टीका सदस्यका छोराछोरीलाई संगठनमा प्रवेश गर्न प्रेरित गर्ने तथा उनीहरू समाजका अन्य क्षेत्रमा पनि प्रभावकारी भूमिका खेल्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्।

पछिल्ला समय पार्टीभित्र नेताहरूका परिवारका सदस्यहरू संगठनात्मक गतिविधि तथा मतदान प्रक्रियामा अपेक्षाकृत कम संलग्न भएको विषयमा छलफल हुँदै आएको सन्दर्भमा यो निर्णय आएको हो। गत निर्वाचन परिणामपछि पनि पार्टी नेतृत्व र कार्यकर्ताका परिवारको राजनीतिक सहभागिताबारे प्रश्न उठ्दै आएको बताइएको छ।

0 Comments