काठमाडौँ । प्रि-ओपन सेसनमा शुक्रबार नेप्से परिसूचक करिब ७ अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ६.९४ अंकले घटेर २७५९.८४ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ४६ वटा स्क्रिप्सको २ हजार ४०७ कित्ता सेयर १७ लाख २० हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा २७ वटाको घटेको छ । बाँकी ६ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।







