२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीतलनिवासमा युगकवि श्रेष्ठको ११५औँ जन्मजयन्ती, क्षेत्री र शर्मा पुरस्कृत

अ+ अ-

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको विशेष समारोहमा युगकवि सिद्धिचरण पुरस्कार दुई साहित्यकारलाई प्रदान गरिएको छ।

राष्ट्रपति निवास शीतलनिवासमा सम्पन्न कार्यक्रममा यस वर्षको पुरस्कार डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई हस्तान्तरण गरिएको हो। उनीहरूलाई क्रमश: ०८२ र ०८३ सालका लागि तोकिएको पुरस्कारबाट सम्मानित गरिएको जनाइएको छ।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको थियो, जसले साहित्य र संस्कृतिको विविध पक्षलाई उजागर गरेको बताइएको छ।

सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल ले भाषा, साहित्य र संस्कृति राष्ट्रको मौलिक पहिचान तथा सांस्कृतिक गौरवका आधार भएको धारणा व्यक्त गरे।

उनले साहित्यलाई केवल भावनात्मक अभिव्यक्तिको माध्यम मात्र नभई समाजमा चेतना, संवेदनशीलता र परिवर्तनको चेत विकास गर्ने प्रभावशाली साधनका रूपमा व्याख्या गरे। उनका अनुसार साहित्यले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र रूपान्तरण प्रक्रियालाई सघाउँदै सभ्य समाज निर्माणमा योगदान पुर्‍याउँछ।

राष्ट्रपति पौडेलले साहित्यले समाजलाई एकताबद्ध बनाउँदै उज्यालो भविष्यतर्फ अघि बढाउन सक्ने क्षमता राख्ने उल्लेख गरे।

यस अवसरमा उनले युगकवि सिद्धिचरण श्रेष्ठको नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतना विस्तारमा रहेको योगदानको स्मरण गर्दै उनको काव्यकृति ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको गहिरो भावनालाई साहित्यिक रूपमा स्थायी पहिचान दिलाएको बताए।

0 Comments