२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा कञ्चनपुरको सभापतिमा विष्ट

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुर विष्ट निर्वाचित भएका छन् ।

आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको रास्वपा कञ्चनपुरले जनाएको छ । राति सम्पन्न मत गणनाअनुसार सभापति पदमा विष्टले १९७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नवीनबहादुर चन्दले ६१ मत प्राप्त गरेका छन् । यसअघि पनि विष्ट नै कञ्चनपुरको सभापति थिए । उपसभापतिमा भागरथी बडाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा राकेशबहादुर चन्दले रामदत्त भट्टलाई पराजित गरेका छन् । सचिवमा चन्दले १९५ र भट्टले ५५ मत प्राप्त गरेका छन् । जिल्ला सभापति र सचिव पदका लागि भएको निर्वाचनमा कूल २५९ मत खसेको थियो । सहसचिव पदमा यज्ञराज जोशी निर्विरोध चयन भएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ को सभापति पदमा पनि निर्वाचन भएको थियो । जसमा अम्बादत्त जोशी १२६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिस्पर्धी कर्णबहादुर चन्दले ७२ मत प्राप्त गरेका थिए ।

सचिव राकेशबहादुर चन्दले नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जिल्लामा रास्वपाको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाइने बताए । सहमतिका माध्यमबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो ।

चितवनमा खनाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा इन्जिनियर मिनीमाधव खनाल निर्वाचित भएका छन् । आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

राति अबेर सम्पन्न मत गणना अनुसार खनाल दुई सय २२ मतसहित विजयी भएका हुन् । प्रतिस्पर्धी कृष्णप्रसाद भुसालले एक सय ११ मत प्राप्त गरे भने अर्का प्रत्याशी प्रकाश आचार्यले २२ मत प्राप्त गरेका थिए । भुसाल निवर्तमान जिल्ला सभापति हुन् । यसैगरी, उपसभापति पदमा निर्मला गिरी एक सय ९० मतसहित निर्वाचित भइन् भने प्रतिस्पर्धी टीकादत्त इटनीले ८४ मत प्राप्त गरे ।

सचिव पदमा तेजेन्द्रप्रसाद पौडेल एक सय ९४ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेत्र लामिछानेले एक सय ४५ मत प्राप्त गरे । सहसचिवमा कुशल पाठक एक सय ८७ मतका साथ विजयी भएका भने प्रतिस्पर्धी पार्वती पाण्डेले ६९ मत प्राप्त गरेका थिए । 

0 Comments