२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौँरीका ३६८ वटा पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ। मकालु गाउँपालिका-३ हेदाङ्नामा ३६८ वटा चौँरीको पुच्छरसहित एक ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याएका ती चौँरीका पुच्छरको कुल मूल्य पाँच लाख ५० हजार मूल्य बराबर हुन आउने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले उत्तरी क्षेत्रको किमाथांका नाकाबाट अवैध रूपमा भन्सार छलेर ल्याइएका चौँरीको पुच्छरसहित ट्याक्टर नियन्त्रणमा लिएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय हेदाङ्नागढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडक खण्डको हेदाङ्ना चेकपोष्टमा भोटखोला गाउँपालिकाको हुङ्गुङबाट खाँदबारीतर्फ आउँदै गरेको १-०२-००३ त १२१७ नम्बर ट्याक्टर जाँच गर्ने क्रममा अवैध चौँरीको पुच्छर फेला परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक चिचिला गाउँपालिका–१ निवासी २० वर्षीय दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली ल्याइएको चौँरीको पुच्छर कसको हो, भन्ने अहिलेसम्म खुल्न सकेको छैन । नियन्त्रणमा लिएको अवैध चौँरीको पुच्छर किमाथांका भन्सार कार्यालय खाँदबारीमा बुझाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हेदाङ्नाको गस्ती टोलीले चौँरीको पुच्छर र ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

0 Comments