२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतको फैसला पनि निष्प्रभावी: सर्लाहीमा सरकारी जग्गा अझै निजी कब्जामा 

अ+ अ-

सर्लाही । सर्लाही जिल्ला अदालतले स्पष्ट रूपमा “सरकारी जग्गा” ठहर गरिसकेको भूमि अझै निजी व्यक्तिको कब्जामा रहेको खुलासा भएपछि सर्लाहीमा सरकारी संयन्त्रको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।

सर्लाही जिल्ला अदालतले २०८२ कार्तिक २७ गते ब्रहम्पुरी गाउँपालिका-७ अन्तर्गत रहेको नेपाल सरकारको नाउमा फिल्ड बुक कायम रहेको साबिक जिल्ला सर्लाही नोकैल्वा गाविस वडा नं.५ख, कित्ता नम्बर २३ को क्षेत्रफल ६-१३-१० जग्गा सरकारी हुने ठहर गरिसकेको छ । अदालतको फैसला आइसकेपछि पनि सरकारी जग्गा कब्जामुक्त हुन नसक्नुले प्रशासनिक उदासीनता र कानुन कार्यान्वयनको कमजोरी उजागर भएको स्थानीयहरू बताउँछन् । 

२०८३ वैशाख २३ गते ब्रह्मपुरी गाउँपालिका वडा नं.७ को वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मलंगवालाई पत्राचार गर्दै नेपाल सरकारको नाममा रहेको जग्गा तत्काल कब्जामुक्त गराउन माग गरेको थियो । वडाध्यक्ष राम सागर महतो कोइरीद्वारा हस्ताक्षरित पत्र अनुसार, ब्रहम्पुरी गाउँपालिका-७ अन्तर्गत रहेको नेपाल सरकारको नाउमा फिल्ड बुक कायम रहेको साबिक जिल्ला सर्लाही नोकैल्वा गाविस वडा नं.५ख, कित्ता नम्बर २३ को क्षेत्रफल ६-१३-१० सरकारी जग्गा यसै वडाका स्थानीय मोहन महतोको छोरा राजनारायण महतो समेतले अतिक्रमण गरी अनधिकृत रूपमा जोत भोग गर्दै आएको उल्लेख छ । 

वडा कार्यालयले अदालतको फैसलाको प्रतिलिपिसहित जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै सार्वजनिक जग्गा तत्काल व्यक्तिको कब्जाबाट हटाई संरक्षण गर्न पटक पटक आग्रह गर्दै आएको छ । स्थानीय तहले औपचारिक रूपमा प्रशासन गुहारे पनि प्रशासनको उदासीनताका कारण सो सरकारी जग्गामाथि अतिक्रमण कायमै रहेको छ । 

अब पनि जिल्ला प्रशासन कार्यालयले कस्तो कदम चाल्छ भन्ने विषयमा चासो बढेको छ । सरकारी जग्गा अतिक्रमणका घटनामा अदालतको आदेश नै कार्यान्वयन नहुने अवस्था रहिरहे कानुनी शासनमाथिको जनविश्वास थप कमजोर हुने नागरिक समाजको भनाइ रहेको छ । 

स्थानीयद्वारा कारबाहीको माग गर्दै सरकारी जग्गा अतिक्रमण गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा स्थानीयहरूले लिखित निवेदन समेत दर्ता गराएका छन् । सरकारी जग्गा अतिक्रमणका घटनामा समयमै कारबाही नभए सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण अझ बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

यस विषयमा प्रतिक्रिया लिन सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेसँग प्रत्यक्ष टेलिफोन संवाद गर्दा उनले, सरकारी जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा जोत भोग गरिएको जग्गा कब्जामुक्त गराउन सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलसँग छलफल भएको बताए । साथै यस सम्बन्धमा स्थानीय प्रहरीलाई समेत आवश्यक निर्देशन दिइसकिएको उनले जानकारी दिए ।

0 Comments