१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिख मुलपानीमा ‘एक घर, एक धारा’

अ+ अ-

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका-५ शिखको मूलपानीमा ‘एक घर, एक धारा’ भन्ने नारासहित शिख खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । 

गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको आयोजनाबाट शिखको मुलपानी टोलका ३५ परिवार लाभान्वित भएका छन् । 

हिलेदह मूलको पानीलाई दुई हजार ४३८ दशमलव ९० मिटर लामो पाइपबाट ल्याएर मूलपानी टोलमा रहेका सबै घर र शिख माविमा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर पाईजाले बताए। 

उपभोक्ता अनमिका शेर्पुजाले घरका धारामा नियमित सफा र शुद्ध खानेपानी उपलब्ध भएपछि समयको बचत हुनुका साथै झञ्जट हटेको र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्यूनीकरणमा सहयोग पुगेको बताए। यसअघि यहाँका बासिन्दाले उपभोग गर्दै आएको सार्वजनिक खानेपानीका धाराका संरचना जीर्ण हुँदा खानेपानीको समस्या भएको थियो । 

गोर्खा वेल्फेयर ट्रष्टको रु २० लाख ९७ हजार २८ हजारसहित निर्माण सामग्री र उपभोक्ताको रु चार लाख ९५ हजार ७०० बराबरको श्रमदानबाट योजना निर्माण भएको अध्यक्ष पाइजाले जानकारी दिए । उनका अनुसार एक/एक वटा इन्टेक, कलेक्सन च्याम्बर, रिजर्भ ट्याङ्की, पाइप क्रसिङ रहेको योजनामा ३५ वटा निजी, दुई वटा सामुदायिक धारा रहेका छन् ।

 शिख देउराली र तल्लो शिखमा गण्डकी प्रदेश सरकारमार्फत एक घर, एक धारासहितको दुई वटा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।

0 Comments