२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

अ+ अ-

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक प्रतिष्ठानको संख्या २२ हजार ३२१ पुगेको छ । 

राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय नवलपुरले गत वैशाख २ गतेदेखि यही असार ७ गतेसम्म सञ्चालन गरेको तथ्यांक संकलनका क्रममा जिल्लाभरि २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना गरिएको कार्यालयका सहायक आर्थिक गणना अधिकारी  रुद्र अधिकारीले बताए। 

राष्ट्रिय तथ्यांक कार्यालयले नवलपुरका लागि २२ हजार १९५ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो । प्रदान गरिएको लक्ष्यभन्दा धेरै आर्थिक प्रतिष्ठान गणना गरिएको सहायक आर्थिक गणना अधिकारी अधिकारीले बताए।  

गणनाको क्रममा जिल्लाका चार नगरपालिका र चार गाउँपालिकामा रहेका उद्योग, व्यापार, सेवा, होटल, रेष्टुराँ, कृषि तथा अन्य आर्थिक गतिविधिसँग सम्बन्धित प्रतिष्ठानहरूको विवरण संकलन गरिएको छ । 

प्राप्त तथ्यांकअनुसार कावासोती नगरपालिकामा सबैभन्दा बढी छ हजार ६२८ प्रतिष्ठान गणना भएका छन् । त्यसपछि गैँडाकोट नगरपालिकामा चार हजार ८२२, देवचुली नगरपालिकामा तीन हजार ६२१, मध्यविन्दु नगरपालिकामा तीन हजार एक, विनयी त्रिवेणी गाउँपालिकामा एक हजार ७७९, हुप्सेकोट गाउँपालिकामा एक हजार १६६, बौदीकाली गाउँपालिकामा ७८९ र बुलिङटार गाउँपालिकामा ५१५ प्रतिष्ठानको गणना सम्पन्न भएको छ ।

आर्थिक गणनाको तथ्यांकले नवलपुरमा व्यावसायिक प्रतिष्ठानहरूको सङ्ख्या निरन्तर बढिरहेको देखाएको छ । विसं २०७५ मा सञ्चालन गरिएको आर्थिक गणनामा जिल्लाभर १२ हजार ७४५ प्रतिष्ठान रहेका थिए । यसले यो अवधिमा जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग, व्यापार तथा सेवा क्षेत्रको विस्तार भएको देखाएको छ ।

विशेषगरी पूर्व–पश्चिम राजमार्ग आसपासका सहरी तथा अर्धसहरी क्षेत्रमा व्यापारिक प्रतिष्ठान, होटल तथा पर्यटन व्यवसाय, निर्माण सामग्री, वित्तीय सेवा र अन्य व्यावसायिक गतिविधि बढ्दै गएका कारण प्रतिष्ठानको सङ्ख्या वृद्धि भएको देखिएको अधिकारीले बताए। जिल्लामा बसाइँसराइ, सहरीकरण तथा पूर्वाधार विकासले समेत आर्थिक गतिविधि विस्तारमा सहयोग पुगेको उनले बताए।

राष्ट्रिय तथ्यांक कार्यालयले सञ्चालन गरिरहेको आर्थिक गणना मुलुकका आर्थिक प्रतिष्ठानहरूको वास्तविक अवस्था, रोजगारीको स्थिति, व्यवसायको प्रकृति, लगानीको अवस्था तथा आर्थिक योगदानको विवरण संकलन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो । 

यसबाट प्राप्त तथ्यांक सरकारका विभिन्न तहमा नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्द्धन तथा आर्थिक विकासका कार्यक्रम तय गर्न महत्त्वपूर्ण आधार बन्ने सहायक गणना अधिकारी रुद्र अधिकारीले बताए ।

गणकहरूले फिल्डमा गणना गर्ने कार्य सकिएको र प्रारम्भिक रूपमा जिल्ला भरिको तथ्यांक आएको उनले बताए । तथ्यांकहरुको रुजु गर्ने काम यतिबेला चलिरहेको उनको भनाई छ ।

 असार अन्तिम साताभित्र गणनाका सबै कार्य सम्पन्न गरी अन्तिम विवरण सार्वजनिक गरिने सहायक गणना अधिकारीले बताए। विवरणमा  खासै ठूलो केही फेरबदल नहुने उनको भनाइ छ ।  “हामीले फिल्डको काम सकेका छौँ, अहिले प्राप्त भएको तथ्याङ्क रुजु गर्ने काम चलिरहेको छ, बाँकी काम असारको अन्तिम साताभित्र सक्ने छौँ”, उनले भने । 

0 Comments