काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाएका छन् ।
मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।सरकारले वाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरू खुसी भएको पनि सांसद ठाकुरको ठहर छ ।
उनले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुने गरी काम गरिरहेको पनि बताए । सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाइ छ ।
उनले राज्य जनताको हितमा नभई बाह्य प्रभावमा चलेको आरोप लगाउँदै सरकार नागरिकको अपेक्षा र हितअनुसार काम गर्न नसकेको टिप्पणी गरे। सांसद ठाकुरले सरकारको कारण मुलुक बाह्य मुलुकको कब्जामा गएको पनि बताए ।







