विराटनगर । विराटनगर स्थित परोपकार श्मशान घाटमा मध्यराति अश्लील गतिविधि गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। केही युवा निर्वस्त्र भई होहल्ला गरेको भिडियो सार्वजनिक भएपछि विशेष सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ का ४४ वर्षीय सुरेन्द्रमणि मण्डल, सुनसरी रामधुनी नगरपालिका–६ का २५ वर्षीय कैलाश ढुङ्गाना, भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का १८ वर्षीय मानिष काफ्ले र विराटनगर ४ का ४४ वर्षीय छविलाल घिमिरे छन् । उनीहरूलाई हाल हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।






