६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिया निर्यात समस्या समाधान कार्यदल गठन

अ+ अ-

काठमाडौँ । सरकारले भारततर्फ चिया निर्यात गर्नेक्रममा देखिएको समस्या समाधान गर्न एक कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको  द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।  

कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, गृह, परराष्ट्र र कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव छन् । 

यसैगरी, भन्सार विभागका उप-महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक एवं द्विपक्षीय व्यापार तथा पारवहनअन्तर्गत भारत हेर्ने शाखाका उपसचिव सदस्य र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई कार्यदलको सदस्यसचिव तोकिएको छ । 

भारत सरकारको ‘टि बोर्ड अफ इन्डिया’ले भारतमा आयात हुने चियाका सबै ‘कन्साइनमेन्ट’को अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान तोकेसँगै संलग्न ‘एसओपी’मा रहेको प्रयोगशालाको शुल्कसहित प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्नेलगायतका प्रावधान राखेपछि निर्यात व्यापार प्रभावित हुँदा नेपाली चिया किसान तथा व्यवसायी समस्यामा परेका थिए । 

नयाँ प्रावधानका कारण साना तथा मझौलास्तरका चिया किसान र निर्यातकर्ताहरूले भारततर्फ चिया निकासी गर्दा कठिनाइ व्यहोर्नुपरेको थियो । 

यसैगरी, भन्सार बिन्दुहरूमा लामो समयसम्म मालवाहक सवारीसाधन रोकिनु पर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत बढ्दै गएको भन्ने व्यवसायीको गुनासोलाई सम्बोधन गर्न सरकारले सम्बद्ध सरकारी निकायका अधिकारी सम्मिलित कार्यदल गठन गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिइन् ।   

0 Comments