१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना

अ+ अ-

कास्की । गण्डकी प्रदेशमा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति कम गर्नका लागि ट्राफिक प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले प्रदेशका ११ वटै जिल्लामा दुर्घटना न्यूनीकरण र मानवीय क्षति कम गर्न विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हो ।

विद्यार्थी स्वयंसेवक कार्यक्रम, चालक अनुशिक्षण, सार्वजनिक सवारीसाधनको यान्त्रिक परीक्षण तथा सडक प्रयोगकर्तामाझ ‘स्टप, लुक एन्ड क्रस’ अभियान तथा एक विद्यालय एक ट्राफिक शिक्षक कार्यक्रम सञ्चालन गरिएको ट्राफिक व्यवस्थापन कार्यालय पोखराका प्रमुख एवं प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार चालू आवको जेठसम्म ट्राफिक सचेतना कक्षा, समुदाय साझेदारी कार्यक्रम तथा ट्रायल सेन्टरमै नयाँ चालकलाई दिइने सचेतनामूलक प्रशिक्षणमार्फत १६ लाख ४६ हजार ५४० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।

“दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना अभिवृद्धि तथा आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीको विकासका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ । यसबाट मात्र बढ्दो सवारी दुर्घटनाका कारण हुने मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्छ”, प्रहरी उपरीक्षक काफ्लेले भने ।

कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म प्रदेशभर भएका ४१६ सवारी दुर्घटनामा २३० जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षहरूमा दुर्घटनाको सङ्ख्या र त्यसबाट हुने क्षति उच्च रहँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ३९५ दुर्घटनामा १७७ जनाको मृत्यु भएको थियो भने २०८१/८२ मा ३८२ दुर्घटनामा २३७ जनाले ज्यान गुमाएको बताइन्छ ।

प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी दुर्घटना नवलपरासीमा भएका छन् । पूर्वपश्चिम राजमार्ग पर्ने उक्त जिल्लामा ११४ दुर्घटना भएका छन् । कास्कीमा १०९, तनहुँमा ७३, गोरखामा २५, पर्वतमा २०, बाग्लुङमा १९, स्याङ्जामा १६, म्याग्दीमा १४, मुस्ताङमा छ र मनाङमा दुई दुर्घटना भएका छन् ।

दुर्घटनाका प्रमुख कारणमध्ये चालकको लापरबाही अग्रस्थानमा रहेको कार्यालयले जनाएको छ । कुल दुर्घटनामध्ये ३४९ वटा चालकसम्बन्धी कारणले भएका छन् । सडकको अवस्थाका कारण २५, सवारीसाधनको प्राविधिक समस्याले २०, सडक प्रयोगकर्ताका कारण १६, यात्रुका कारण चार र मौसमका कारण दुई दुर्घटना भएका छन् ।

चालकको तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति, चालकको असक्षमता, जथाभाबी ओभरटेक तथा लेन अनुशासनको पालना नगर्नु दुर्घटनाका मुख्य कारणका रूपमा पहिचान गरिएको छ ।

0 Comments