६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हावाहुरीसँगै वर्षाको सम्भावना

अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । 

यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भूभाग र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ । महाशाखाका अनुसार हाल देशका विभिन्न भूभागमा साधरणतया तथा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानका साथै गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थान, मधेस प्रदेश तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्यांङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । भोलि मंगलबार देशभर अधिकांश बादल लाग्नेछ भने पर्सी बुधबार देशभर पूर्णतया बादल लाग्नेछ । 

भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पर्सी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

यसैगरी, कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

0 Comments