१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पालुङटार र टोखाबीच भगिनी सम्बन्ध, सुशासनदेखि पर्यटन प्रवर्द्धनसम्म सहकार्य गर्ने सहमति

अ+ अ-

गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौँको टोखा नगरपालिकाबीच भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेसनसिप) स्थापना गर्दै विकासका विभिन्न क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

पालुङटार नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पालुङटार नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख, दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समझदारीअनुसार दुवै नगरपालिकाले सुशासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, सहरी व्यवस्थापन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, आर्थिक विकास तथा सामाजिक विकासलगायतका क्षेत्रमा अनुभव आदान–प्रदान गर्ने, प्राविधिक सहयोग विस्तार गर्ने तथा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने सहमति गरेका छन्।

यस्तै, जनप्रतिनिधि र कर्मचारीबीच अध्ययन तथा अवलोकन भ्रमण, सफल अभ्यासहरूको आदान–प्रदान, योजना, नीति तथा विकाससम्बन्धी जानकारी साझेदारी, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान तथा निजी क्षेत्रसँगको सहकार्य विस्तार गर्ने विषय पनि समझदारी पत्रमा समेटिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले विगतमा गोरखाबाट टोखा बसोबासको ऐतिहासिक सम्बन्ध रहेको स्मरण गर्दै दुई नगरपालिकाबीचको सहकार्यले विकासका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए। उनले पालुङटार–टोखा सम्बन्धलाई थप सुदृढ बनाउन दुवै स्थानीय तहबीच नियमित समन्वय आवश्यक रहेको बताएका छन्।

त्यसैगरी पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले पालुङटार वडा नम्बर ५ स्थित च्याङ्ली क्षेत्रमा टोखा नगरपालिका र पालुङटार नगरपालिकाको सहलगानीमा ‘टोखा-पालुङटार खुला व्यापारशाला’ निर्माण गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइने जानकारी दिएका छन्। उनले दुवै नगरपालिकाबीच भएको भगिनी सम्बन्धलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै स्थानीय विकासमा परिणाममुखी बनाइने बताएका छन्।

विज्ञप्तिअनुसार यस भगिनी सम्बन्धले टोखा नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा सहरी विकासको अनुभव र पालुङटार नगरपालिकाको ऐतिहासिक पहिचान, प्राकृतिक सम्पदा तथा पर्यटन सम्भावनालाई जोड्दै स्थानीय विकास, सुशासन, पर्यटन प्रवर्द्धन र नागरिक स्तरको आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले यस सहकार्यले दीर्घकालीन मित्रता, साझा विकास र समृद्धिको यात्रामा नयाँ आयाम थप्ने विश्वास पनि व्यक्त गरेको छ।

0 Comments