काठमाडौँ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठकमा महान्यायाधिवक्ता र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरिनेछ।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन,न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौं वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेस गर्ने कार्यसूची छ।त्यसैगरी,मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक,२०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने र उक्त विधेयक सभामा प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ लाई समसामयिक व्यवस्था गर्न बनेको विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।







