काठमाडौँ । नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी-२० सिरिज खेल्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबिच ३ खेलको टी-२० सिरिज हुन लागेको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको हो।
सिरिज आउँदो डिसेम्बर ९ देखि १३ तारिखसम्म हुनेछ । पहिलो खेलमा डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो खेल डिसेम्बर १३ मा हुनेछ ।
नेपाल र भारत ‘ए’ बीचको यो टी-२० श्रृंखलाले नेपाली क्रिकेटलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।







