२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौँ तारकेश्वर नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौँ टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौँ महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन् ।

कुनसाङले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७ हजार रुपैयाँ, धन बहादुरले जर्जिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन भएपछि पीडितहरूले दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

Leave a Reply