२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सेवा प्रवाह : प्रभावकारिताका आधार र सुधारका बहुआयाम

अ+ अ-

पृष्ठभूमि
सरकारले नागरिकको जीवनस्तरलाई सहज, गुणस्तरीय, सुरक्षित र अपेक्षाकृत बनाउनका लागि राज्य कोषबाट निश्चित संगठन तथा संरचना खडा गरी सो संगठन तथा संरचनामा निश्चित पद्धतिद्वारा कर्मचारी भर्ना गरी उनीहरूमार्फत सरकारले स्थापित गरेका मूल्य मान्यता, नियम कानुनका आधारमा नागरिकहरूलाई सेवा प्रदान गर्ने कार्य सार्वजनिक सेवा हो।

सार्वजनिक सेवा प्रवाह कस्तो हुनुपर्दछ भन्ने विषय राष्ट्रिय आवश्यकता, नागरिकहरूको जीवनशैली, राष्ट्रको विभिन्न आवधिक लक्ष्यहरू जस्ता विषयहरूमा आधारित रही समयानुकूल परिमार्जन हुँदै जाने विषय हो तथापि सार्वजनिक सेवा प्रवाह नागरिकमैत्री, प्रविधियुक्त, सरलीकृत र नतिजामूलक हुनुपर्ने मान्यता सधैँ उस्तै र अकाट्य रहन्छ।

विगतदेखि नै कुनै न कुनै तबरले सार्वजनिक सेवा प्रवाह सम्बन्धमा नागरिक तथा सेवाग्राहीले सेवा प्रवाहको पद्धति, माध्यम, संगठनले निर्णय गर्ने क्षमता, कार्यगत अस्पष्टता, कर्मचारीहरूको व्यवहार जस्ता विषयमा विभिन्न प्रश्नहरू उठाउने गरेको पाइन्छ।यी र यस्ता सवालहरूलाई सम्बोधन गर्ने सन्दर्भमा कार्य पद्धतिहरूमा थप सुधार हुँदै गएको पाइन्छ तर पनि वास्तविक र मूर्त नतिजा दिने खालका कार्यहरू अपेक्षाकृत रूपमा हुन सकेका छैनन्।राज्यले नागरिकप्रति राखेका लक्ष्य तथा उद्देश्यहरू प्रभावकारी र सिर्जनात्मक ढङ्गले नागरिक समक्ष पुर्‍याउने कार्य कर्मचारीको हो जो सरकार र नागरिकका सम्पर्क सूत्र हुन तर यी सेवाहरू नागरिक समक्ष पुर्‍याउन कर्मचारीको एकल भूमिका मात्र अनुत्पादक हुन्छ जसका लागि विभिन्न मानवीय, भौतिक, नीतिगत पक्षहरूको महत्त्वपूर्ण र संवेदनशील भूमिका रहन्छ जुन तल चर्चा गरिएको छ:

नेतृत्वकर्ताहरूको स्पष्ट कार्यदिशा र सघन अठोट
सार्वजनिक सेवालाई परिणाममुखी, आधुनिक र सबल बनाउन लागि राज्यको नेतृत्वकर्ताहरू आफैमा स्पष्ट र दृढ हुनुपर्दछ। नागरिकका समस्याहरूलाई समाधान गर्नका लागि कस्तो वातावरण निर्माण गर्ने, के योजना बनाउने, जनशक्तिहरूलाई कसरी परिचालन गर्ने, स्रोत साधनहरूको उचित व्यवस्थापन कसरी गर्ने, नागरिकको दीर्घकालीन विश्वास कसरी जित्ने जस्ता विषयमा नेतृत्वकर्ताहरूले स्पष्ट र वस्तुनिष्ठ रोडम्याप बनाउनुपर्ने हुन्छ।नेतृत्वकर्ता आफैँबीच उद्देश्यहरू र योजनाहरू बाझिनु हुँदैन।विचार, धारणा र दृष्टिकोण फरक भएता पनि आपसी मनोभावनाहरूलाई छलफल र मन्थनद्वारा सकारात्मक निचोडमा पुर्‍याउनुपर्दछ।राष्ट्र निर्माण र नागरिकका हकहितका लागि जे जस्तो सकारात्मक योजना बन्छन् सोही तवरले कार्यान्वयनको पक्ष पनि बलियो हुनुपर्छ जसका लागि योजनाअनुरूपको कार्य कार्यान्वयन गर्ने दृढ अठोट हुनुपर्दछ।

ऐन, नियम, कानुन तथा नीतिहरूमा स्पष्टता र समयानुकूल परिमार्जन
समाज परिवर्तनशील छ। सामाजिक अपेक्षाहरू पनि परिवर्तनशील छन्।नव प्रवर्तनात्मक सार्वजनिक सेवालाई पनि आत्मसाथ गर्नुपर्ने स्थिति छ। नागरिकहरूले फास्ट ट्रयाकमा सेवा अपेक्षा गर्दछन्।राज्यले सार्वजनिक सेवा प्रवाह सरलीकरण निर्देशिका जस्ता विभिन्न दस्ताबेज जारी गरेर सेवा प्रवाहलाई सहज बनाउन खोजेता पनि “आज नहुने भयो” “ऐन कानुनमा के छ हेरौँला” “कानुन स्पष्ट भएन यस बारेमा थप बुझेर निर्णय गरौँला” जस्ता शब्दहरू यदाकदा सेवा प्रदायकले उच्चारण गर्नुपर्ने पनि अवस्था छ फलस्वरूप सेवाग्राहीले झर्को मान्ने गरेको पनि देखिन्छ तर यस्ता केही विषय कामलाई अल्झाउने नियत नभई नियम कानुनहरूले स्पष्ट नगरिदिएका कारण हुन जान्छन्।तसर्थ निर्णय प्रक्रियालाई सहज, छिटो छरितो र पारदर्शी बनाउन ऐन कानुन तथा नीतिहरू वस्तुनिष्ठ, बोध गम्य र दोहोरो अर्थ नलाग्ने गरी समयानुकूल परिष्कृत हुँदै जानुपर्दछ।

सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग
विश्वका हरेक कुनामा, हरेक विषयमा सूचना तथा सञ्चार प्रविधिले ठूलो स्थान ओगटेको छ।सूचना तथा सञ्चार प्रविधिको प्रयोग द्रुत गतिमा अगाडि बढिरहेको छ। ICT को प्रयोग सास जत्तिकै महत्त्वपूर्ण बनेको छ जसले मानवीय दैनिकीलाई जीवित राख्न सकेको छ। सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने कार्यहरू निरन्तर अगाडि बढिरहेका छन्।नागरिकहरू पेपरलेस र समय बचत हुने खालका सेवाका माध्यम चाहन्छन् ।सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा हाम्रा दस्ताबेजले यही बोल्छन् तर व्यवहारिक रूपमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग कुन हदसम्म गर्न सकिन्छ भन्ने विषय स्रोत साधन, मानव संसाधन, व्यवहारगत जटिलता, नागरिकका व्यक्तिगत तथ्याङ्कहरूको गोपनीयता जस्ता विषयहरूले पनि निर्धारण गर्दछन्।तथापि यसको सुरक्षित प्रयोग गर्नुको विकल्प देखिँदैन।

सांगठनिक ऐक्यबद्धता, सकारात्मक भावना, सकारात्मक आलोचनाको स्वीकारोक्ति
सांगठनिक ऐक्यबद्धताले नागरिकलाई सेवा दिन्छ, खुसी दिन्छ र सेवा प्रदायलाई उत्प्रेरणा दिन्छ।ऐक्यबद्धताले कार्यमा समन्वय, विचारको सम्मान, नागरिकमैत्री चिन्तन पैदा गर्दछ।यसको ठिक विपरीत जब संगठन विचारमा, कार्यमा र सेवाग्राहीको समस्या समाधानमा विभाजित हुन्छ त्यो पखेटाबिना उड्छु भन्नु जस्तै हो।यसको साथसाथै जब सेवा प्रदायकका रूपमा रहने कर्मचारी आफू आफ्नो कार्यमा सकारात्मक बन्छन्, सकारात्मक आलोचनाको स्वीकार गर्छन्, सेवाग्राही तथा विद्धत व्यक्तिहरूबाट प्राप्त सुझावहरूलाई सजिलै आत्मसाथ गर्दछन् निश्चय नै त्यसको नतिजा पनि सकारात्मक आउँछ।तर सकारात्मक नतिजा प्राप्तिका लागि कसैप्रति पनि अनुचित र अनावश्यक हस्तक्षेप भने हुनुहुँदैन।

सेवा प्रदायक तथा कर्मचारीको क्षमता विकास
कुनै पनि विषयमा अपेक्षित नतिजा प्राप्त गर्नुपर्नेछ भने त्यसमा मौद्रिक वा गैर मौद्रिक लगानीको आवश्यकता पर्दछ।नागरिकहरूलाई गुणात्मक सेवा प्रदान गर्न कर्मचारीहरूलाई विभिन्न किसिमका आवधिक तथा पुनर्ताजगी तालिमहरू प्रदान गर्नुपर्दछ।लगानीबिनाको उत्पादन अपेक्षा गर्नु सान्दर्भिक हुँदैन।सेवा प्रदायकको क्षमता विकास कार्यहरूलाई सर्वोच्चतामा राखी प्राप्त सीपहरूलाई सेवा प्रवाहमा तालमेल मिलाउँदा सार्वजनिक सेवा प्रवाह सुदृढ हुने अपेक्षा गर्न सकिन्छ।

मौलिकताको विकास
सार्वजनिक सेवा प्रवाहमा विकसित राष्ट्रहरूले अवलम्बन गरेका अभ्यासहरूलाई हाम्रो माटो, परिवेश र सन्दर्भमा दुरुस्तै कार्यान्वयन गराउने, बढी महत्वकांक्षी हुने जस्ता कार्यहरूले सही गन्तव्यमा पुर्‍याउँदैनन्।केही कार्यान्वयनयोग्य विधि पद्धतिलाई आत्मसाथ गरेता पनि हाम्रो सामाजिक बनोट, राजनैतिक तथा प्रशासनिक संरचना, स्रोत साधन, वित्तीय क्षमता, राष्ट्रिय सक्षमता तथा मानव संसाधनलाई समेत मध्यनजर गरी सोही परिवेश अनुसार सार्वजनिक सेवा प्रवाहको धरातल निर्माण गर्नु उपयुक्त हुन्छ जसले गर्दा सेवा प्रवाहका आयामहरूलाई सही गन्तव्यमा पुर्‍याउँदछ।

सेवाग्राही वा नागरिकको भूमिका
राज्यले प्रदान गर्ने सेवा वा सेवा प्रवाहको माध्यमको विषयमा नागरिकहरूले पनि निष्पक्ष मूल्याङ्कन गर्नुपर्दछ। असल तथा उदाहरणीय कार्यहरूको प्रशंसा गर्नुका साथसाथै गलत कार्यहरूका लागि सचेत गराउनुले मात्र सेवा प्रवाहमा निखरता र स्पष्टता आउँछ।सेवाग्राहीले हरेक विषयहरूलाई एकपक्षीय ढङ्गले टिप्पणी गरेको खण्डमा गलत विषयलाई प्रोत्साहन हुने र असल विषयहरू ओझेलमा पर्ने अभ्यासको विकास भई सेवा प्रवाह मजबुत बन्न सक्दैन तसर्थ नागरिक सचेतना सबैभन्दा महत्त्वपूर्ण विषय हो।

निष्कर्ष
प्रभावकारी सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा निरन्तर रूपमा बहस, अन्तरक्रिया तथा अनुसन्धान हुँदै जानुले सेवा प्रवाहमा थप शुद्धता, प्रभावकारिता, एकता, एकरूपता आई सार्वजनिक सेवा प्रवाह गुनासोरहित, त्रुटिरहित र नागरिकको अपेक्षाबमोजिमको हुनेछ र सेवा प्रवाह सन्तुष्टिले सेवाग्राही र सेवा प्रदायक मुस्कुराउने दर झन् बढ्नेछ भन्ने विश्वास र अपेक्षा राख्न सकिन्छ।

0 Comments