२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

अ+ अ-

जनकपुरधाम । यस वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । 

मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा सबैभन्दा कम महोत्तरीमा ३९ दशमलव ५९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिए। 

जिल्लागत हिसाबले सप्तरीमा ६८ हजार हेक्टर जग्गामध्ये ३४ हेक्टर, सिरहामा ५४ हजार हेक्टर जग्गामध्ये ४३ हजार २०० हेक्टरमा धान रोपाइँ भएको अधिकृत विश्वकर्माले जानकारी दिए। 

यस्तै, धनुषामा ४३ हजार ७०० हेक्टर जग्गामध्ये २१ हजार ८५० हेक्टर, महोत्तरीमा ४० हजार हेक्टर जग्गामध्ये १५ हजार ८३८ हेक्टर, सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये २५ हजार ६१९ हेक्टर, रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये २१ हजार १७५ हेक्टर, बारामा ४५ हजार १०० हेक्टरमध्ये २४ हजार ८०५ हेक्टर र पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये ३५ हजार ५९ दशमलव सात हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको विश्वकर्माले बताए। 

कृषि प्राविधिकहरूका अनुसार असारभित्र धान रोपाइँ सम्पन्न गर्नसके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम अहिले प्रदेशभरि एकैसाथ भइरहेको छ ।

यस वर्ष किसानले उन्नत जातका धानका बिउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा पनि ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदेबर्साइका किसान अजय कुमार यादव बताउछन् ।

0 Comments