५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक, २९८ पुस्तकबाट छनोट

अ+ अ-

काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८२ का लागि अन्तिम प्रतिस्पर्धामा रहेका उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष पुरस्कारका लागि प्राप्त २९८ पुस्तकको मूल्यांकनपछि उत्कृष्ट मानिएका १० कृति छनोट गरिएको हो। यही सूचीबाट एक कृतिलाई मदन पुरस्कार २०८२ प्रदान गरिनेछ।

श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास तथा वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच समावेश छन्।

यस्तै, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद पनि उत्कृष्ट १० कृतिको सूचीमा परेका छन्।

मदन पुरस्कारको स्थापना वि.सं. २०१२ मा भएको हो भने यसको पहिलो वितरण वि.सं. २०१३ मा गरिएको थियो। प्रारम्भिक वर्षमा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादक ले क्रमशः गद्य, सामाजिक शास्त्र र विज्ञान विधामा पुरस्कार प्राप्त गरेका थिए।

गुठीले वि. सं. २०७२ देखि प्रत्येक वर्ष प्राप्त पुस्तकहरूमध्ये अधिकतम १० उत्कृष्ट कृतिको श्रेष्ठ सूची सार्वजनिक गर्ने अभ्यास अवलम्बन गर्दै आएको छ। छनोट प्रक्रियामा पुस्तकभित्र समावेश अप्रकाशित सामग्रीलाई मुख्य मूल्यांकन आधारका रूपमा लिइने गुठीले जनाएको छ।

वि. सं. २०७५ यता मदन पुरस्कारको राशि चार लाख रुपैयाँ कायम छ। यस वर्षको उत्कृष्ट कृतिको अन्तिम घोषणा भने गुठीले आगामी चरणमा गर्नेछ।

0 Comments