५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब ३० करोड बढी राजस्व संकलन

अ+ अ-

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व संकलन गरेको छ । 

उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व संकलन भएको छ ।

कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य थियो । संकलित राजस्वमध्ये आयकरतर्फ रु दुई अर्ब ३८ करोड ८१ लाख पाँच हजार, मूल्य अभिवृद्धितर्फ रु एक अर्ब १८ लाख ६६ हजार, अन्त:शुल्कतर्फ रु ७७ करोड २६ लाख ९८ हजार र अन्यतर्फ रु १४ करोड ३४ लाख ५१ हजार छ । उक्त कर संकलन अघिल्लो आवको तुलनामा ८।९३ प्रतिशत बढी हो ।

करिब एक लाख करदाता भएको उक्त कार्यालय मातहत दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम रहेका छन् । 

जेन जेड आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन, अन्य कागजात जलेर नष्ट भए पनि सेवा प्रवाह भने रोकिएको थिएन । केही समय तुलसीपुर उद्योग वाणिज्य संघको भवनबाट नागरिकको सेवामा जुटेको त्यस कार्यालयले केही समयदेखि त्रिसिद्देश्वर मन्दिरको धर्मशाला भाडामा लिई सेवा प्रवाह गरिरहेको छ ।

करदाताको क्षमता अभिवृद्धि गर्नका लागि गत आवमा कार्यालयले विभिन्न १८ स्थानमा करसम्बधी सचेतना र प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

गत आवमा त्यस कार्यालयबाट चार हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर, २८ हजार ३८० ले व्यक्तिगत स्थायी लेखा नम्बर र चार हजार ९२२ जनाले अन्त:शुल्क इजाजत पत्र नवीकरण तथा दर्ता गरेको कर अधिकृत पुनले जानकारी दिए।

0 Comments