काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले नामिबियासामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेदरल्यान्ड्सको युट्रेच्टमा भएको खेलमा टस गुमाएर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभर खेल्दै सबै विकेट गुमाएर १५७ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन जोडे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८, आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए । अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
नामिबियाको बलिङ आक्रमणमा जेजे स्मित प्रभावशाली देखिए । उनले नेपालको इनिङ्स धराशायी बनाउने क्रममा ६ विकेट लिए । ज्याक ब्रासेल र बर्नार्ड स्कोल्जले समान दुई-दुई विकेट हात पारे ।
अब नामिबियाले निर्धारित ओभरमा १५८ रनको लक्ष्य पछ्याउनेछ ।







