१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी घटनामा सरकारको जबाफदेहितामाथि प्रश्न, सांसद यादवद्वारा नैतिक जिम्मेवारी बहन गर्न माग

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी प्रतिनिधि सभा सदस्य रेखाकुमारी यादवले सुनसरीमा भएको घटनालाई लिएर सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै नैतिक जिम्मेवारी बहन गर्न आग्रह गरेकी छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा धारणा राख्दै सांसद यादवले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्। उनले उक्त घटनाले मुलुकको सुरक्षा व्यवस्थापन, प्रशासनिक तयारी तथा सरकारको समग्र जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको बताइन्।

यादवले यति गम्भीर प्रकृतिको घटना हुँदा पनि गृहमन्त्रीको सार्वजनिक सक्रियता र उपस्थितिको अभाव देखिएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन्। नागरिकको ज्यान जाने अवस्था लोकतान्त्रिक शासन व्यवस्थामा सामान्य विषयका रूपमा लिन नसकिने उनको भनाइ थियो।

प्रधानमन्त्रीको भूमिकाप्रति संकेत गर्दै उनले विगतमा यस्तै प्रकृतिका घटनामा सरकारको नैतिक उत्तरदायित्वको विषय उठाइने गरेको स्मरण गराउँदै अहिले पनि त्यही मापदण्ड लागू हुनुपर्ने धारणा राखिन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउनु मात्र पर्याप्त नभई घटना हुन नदिनु, नागरिकको सुरक्षा सुनिश्चित गर्नु र राज्य संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नु सरकारको प्रमुख दायित्व भएको उनले उल्लेख गरिन्।

सांसद यादवले नेपाली काँग्रेस कुनै पनि प्रकारको हिंसा, धार्मिक असहिष्णुता वा सामुदायिक द्वेषको पक्षमा नरहेको स्पष्ट पार्दै सरकारको लापरबाही देखिए त्यसविरुद्ध आफ्नो पार्टीले निरन्तर आवाज उठाइरहने चेतावनी दिइन्।

0 Comments