काठमाडौँ । देशका विभिन्न क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाबीच सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक समुदायका अगुवासँग छलफल सुरु गरेका छन्।
शुक्रबार पार्टीको संसदीय दल कार्यालयमा भएको भेटमा उनले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग वर्तमान परिस्थितिबारे विचार-विमर्श गरिरहेका हुन्।
यसैक्रममा सभापति लामिछानेले विश्व हिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी तथा सचिवालय सदस्य राजुराज फुयाँलसँग पनि छुट्टै छलफल गरेका छन्।
छलफलका क्रममा सुनसरी, सिराहालगायत विभिन्न जिल्लामा भइरहेका प्रदर्शनलाई शान्तिपूर्ण ढंगले व्यवस्थापन गर्न तथा सामाजिक सद्भाव कायम राख्न समुदायस्तरबाट सकारात्मक भूमिका निर्वाह गर्न धार्मिक अगुवाहरूलाई आग्रह गरिएको रास्वपाले जनाएको छ।






