१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाएकी छन् । 

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उनले यस्तो बताएकी हुन् । उनले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसाबले विभाजनतर्फ धकेल्ने कार्य गरिरहेको आरोप पनि लगाइन् । उनले सरकारको संघीयतासम्बन्धी धारणा सकारात्मक दिशामा नरहेको टिप्पणी गरिन् । उनले सुनसरीसहित मधेशमा उत्पन्न धार्मिक तनाव उत्पन्न हुनुमा पहाडी-मधेशी भनेर विभाजित गर्ने प्रवृत्तिको उपज भएको बताइन्। उनले नेपालको विशिष्ट राजनीतिक र सामाजिक परिस्थितिका कारण संघीय व्यवस्था आएको उल्लेख गर्दै यसको मूल उद्देश्य राज्यको सेवा प्रवाह र अधिकारको विकेन्द्रीकरण रहेको स्पष्ट पारिन्।

उनले भनिन्, ‘मूलतः यो सरकार घृणा, द्वेष, भर्त्सना, विध्वंस र आगजनी सही थियो भन्ने कुरा स्थापित गर्दै आएको हो । माननीय मन्त्रीज्यू यहीँ हुनुहुन्छ, दुःखका साथ भन्नुपर्छ तपाईँहरू यसरी नै आएको हो । गोविन्द केसीको आन्दोलन र त्यसमा ऐक्यबद्धता गर्ने पनि तपाईँ हो । आज मेडिकल शिक्षा कहाँ पुराउनुभयो । यस्तो कथाहरू जोडिँदै जालान् । सुनसरी यस्तै कुरा हो । संघीयता आउने बेलामा पनि यस्तै थियो । पहाडी र मधेशीयाको विभाजन कृष्णप्रसाद भट्टराई, उर्मिला अर्यालहरूलाई पहाडीया बनाएर शुरु गरिएको हो । जात र धर्मको पनि त्यसैगरी विभाजन शुरु गरिएको हो । संविधानमा हामीले यी तमाम असन्तुष्टिहरूलाई संघीयतासँगसँगै लिपिबद्ध गरेको हो । यो संघीयता हाम्रो विशिष्ट परिस्थितिमा आएको हो । यो सिंगो देश एकतामा जान नसकेर यस्तो भएको होइन, संघीयता आएको होइन । डेलिभरी र फंसनलाई हामीले विकेन्द्रीकरण गरेको हो । यतिमात्रै कुरा बुझ्नुपर्‍यो । तर यो कुरा राम्रो भएन । हामीलाई आज पनि दिग्भ्रमित पारिरहेका छन् ।’

उनले अहिले पनि संघीयताको विषयमा नागरिकलाई दिग्भ्रमित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाइन् । 

0 Comments