१६ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहको कवितासंग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण

अ+ अ-

काठमाडौँ । कवि मणिराज सिंहको कवितासंग्रह ‘लोकतन्त्रको अस्मिता’को लोकार्पण गरिएको छ । ज्योति साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् प्रा. तुलसी दिवसले सो पुस्तकको विमोचन गरेका छन् ।

साहित्यकार दिवसले कवि सिंह विचारको अग्निशिखा बोकेर हिँड्ने सचेत कवि भएको बताउँदै कवितालाई कोठाको विलासिताबाट निकालेर सडकको यथार्थ र जनजीवनको धड्कनसम्म पुर्‍याउनुपर्ने धारणा राखे ।

नेपाल प्रज्ञा(प्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. विष्णुविभु घिमिरेले सिंहका कविता बौद्धिक र नयाँ पुस्तालाई प्रेरित गर्ने खालको भएको बताए । प्रतिष्ठानका पूर्वसदस्यसचिव डा. तुलसीप्रसाद भट्टराईले कृतिकार सिंह साहित्यिक सिर्जना, संस्थागत नेतृत्व र नयाँ स्रष्टालाई मार्गदर्शन गर्ने कार्यमा निरन्तर सक्रिय रहेको बताए । 

पुस्तकमाथि समीक्षा गर्दै प्रा. डा. भरतकुमार भट्टराई र डा रमेश शुभेच्छुले विम्ब, प्रतीक र अलङरका दृष्टिले कृति सशक्त रहेको टिप्पणी गरे । कार्यक्रममा स्रष्टाहरू उषा शेरचन, सुनिता अधिकारी, योगाज राजन कविराज, रचिता दाहाल, कल्पना मरासिनी तथा बुद्धिमान महर्जनले ‘लोकतन्त्रको अस्मिता’बाट कविता वाचन गरेका थिए । 

सो अवसरमा ‘नेपाली सरोकार’ मासिककी प्रकाशकरसम्पादक रमा वली र ‘गृष्मा ग्राफिक प्रेस’का अध्यक्ष घननारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

0 Comments