१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छ’: रञ्जित कर्ण

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले काँग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् । 

आइतबार काठमाडौँमा ‘देश र काँग्रेस जोड्ने अभियान’ द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले इतिहास साक्षी रहेको उल्लेख गर्दै काँग्रेसको आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताएका हुन् । नेता कर्णले सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई लिएर सरकार र प्रशासनको कार्यशैलीप्रति आपत्ति जनाए । उक्त समस्या विगत एक महिनादेखि देखिएको भए पनि जिल्ला प्रशासन, प्रहरी र गृह मन्त्रालयले समयमै गम्भीरता नदेखाउँदा दुर्घटना भएको उनको भनाइ छ ।

झन्डै दुई तिहाइको समर्थन प्राप्त वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भए पनि सरकारले गोली चलाउनु विडम्बनापूर्ण रहेको उनले उल्लेख गरे । मुलुकमा धार्मिक सहिष्णुता कायम रहनुपर्नेमा जोड दिँदै उनले वर्तमान समस्याको तत्काल समाधान खोजिनुपर्ने बताए । अहिलेको परिस्थितिमा कुनै पनि विषयलाई राजनीतिकरण नगरी सबै नागरिक एकजुट भएर देश जोगाउन लाग्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘यो सबैलाई थाहा छ, इतिहास साक्षी छ । जब–जब काँग्रेस कुनै कारणले, चाहे आन्तरिक गुटबन्दीका कारण होस् वा वैचारिक मतभेदका कारण, कमजोर भयो वा विभाजित भयो, तब–तब देशले राजनीतिक र आर्थिक रूपमा ठूलो दुर्घटना व्यहोरेको छ । झन्डै दुई तिहाइ मत प्राप्त गरेको वर्तमान सरकारसँग हाम्रो पनि ठूलो अपेक्षा थियो । जनआन्दोलनका बेला हाम्रा भाइबहिनीहरूले ज्यान गुमाएका थिए । त्यही बलिदान र प्रेरणाबाट बनेको सरकारले जनतामाथि गोली चलाउँदैन भन्ने हाम्रो विश्वास थियो । तर आज विडम्बना, यही सरकारले गोली चलाएको अवस्था छ । सुनसरीको देवानगञ्जको घटना रातारात वा दुई–तीन दिनमै भएको होइन । त्यहाँ महिनौँदेखि समस्या थियो । जिल्ला प्रशासन, प्रहरी प्रशासन र गृह मन्त्रालयलाई त्यसबारे जानकारी थियो । उनीहरूले समयमै गम्भीरता देखाएको भए आज यस्तो दुर्घटना हुने थिएन । प्रधानमन्त्री संसद्मा आएर वा जनतासँग समयमै संवाद गरेको भए प्रशासनले पनि जनतासँग संवाद गर्थ्यो र समस्या समयमै समाधान हुन सक्थ्यो । तर त्यसो हुन सकेन । अहिले बल्ल प्रधानमन्त्री संवादमा आउनुभएको भन्ने सुन्नमा आएको छ । हामी अपेक्षा गर्छौँ, धार्मिक सहिष्णुता कायम रहोस् र अहिलेको समस्या छिट्टै समाधान होस् । हामी नेपाली काँग्रेसका जिम्मेवार साथीहरू हौँ । अहिले हामी यो विषयलाई राजनीतिकरण गर्न चाहँदैनौँ। सम्पूर्ण नेपाली एक ठाउँमा उभिनुपर्छ । देश जोगाउनुपर्छ, देशलाई अगाडि बढाउनुपर्छ । त्यसका लागि युवाहरूको काँधमा ठूलो जिम्मेवारी छ । यस्तो अवस्थामा नेपाली काँग्रेस अझ बलियो बन्नुपर्छ । विगतमा केही कमजोरी र गल्ती भएका होलान्, तर अब नेपाली काँग्रेस सुध्रिनुपर्छ, बदलिनुपर्छ र हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।’

नेता कर्णले विगतका गल्तीहरूबाट पाठ सिक्दै नेपाली काँग्रेस अब सुध्रिनु र बदलिनु पर्ने बताए । युवाहरूको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै उनले पार्टीभित्रको एकता र सुदृढीकरणले मात्र देशलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे । 

0 Comments