१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल

अ+ अ-

काठमाडौँ । नेपाली खेलकुदमा मार्सल आर्ट्स विधाको इतिहास गौरवशाली रहँदै आएको छ । एशियन गेम्स, ओलम्पिक र दक्षिण एसियाली खेलकुदका प्रतिस्पर्धामा मार्सल आर्ट्स खेल सबैभन्दा राम्रो नतिजा दिनेमा पर्छन् । यी मार्सल आर्ट्स खेलमा पछिल्ला समय मुवाँथाई खेलमा पनि लोकप्रिय हुँदै आएको छ ।

जुन खेलको सुरुवात थाइल्याण्डबाट भएको हो । विश्व प्रसिद्ध एक्सन हिरो टोनी जाले पनि खेल्ने गरेको यो पछिल्लो समय युवाहरूको आकर्षण बन्दै छ । नेपालमा यो खेल विकास हुने चरणमा छ । तर ऐतिहासिक र ठूला पदक भने नेपालको मुवाँथाईले भित्राइसकेको छ । प्रो/एमेच्योर विधामा गुणराज रुचालले सन् २०२४ को विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेका जितेका थिए । यो नै सबभन्दा ठूलो सफलता हो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराजस्तै पछिल्ला समय व्यावसायिक रूपमा मात्र नभई आफ्नो शरीर स्वस्थ राख्न पनि युवाहरू यस खेलप्रति आकार्षिक हुँदै आएका छन् । सन् २०१० मा गणेशलाल कक्षपतीले थाइल्याण्डमा भएको सातौँ मुवाँथाई विश्व च्याम्पियनसिप खेलेका थिए ।

त्यो खेलपछि नै कक्षापतीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता प्रक्रिया शुरु गरेपछि यस खेलको वैधानिक रूपमा सुरुआत भएको हो । हाल उनै कक्षापती नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष छन् । पूर्वराष्ट्रिय खेलाडी, प्रशिक्षक र संघका अध्यक्षसमेत रहेका कक्षापतीले २०५४/५५ सालदेखि नै यो खेल नेपाल खेलिँदै आएको बताए । त्यति बेला सेल्फ डिफेन्सका रूपमा यो खेल सुरु भए पनि २०१० पछि वैधानिक रूपमा खेल संघ स्थापना गरी सुरुवात गरिएको बताए । फेन्सी ट्याइपको कम्ब्याट भएकाले नै पछिल्ला समय युवाहरूमाझ लोकप्रिय बन्दै आएको उनको बुझाइ छ ।

मार्सल आर्ट्सका अन्य विधा खेल्न पनि मुवाँथाई खेलले मद्दत पुग्ने उनी बताउँछन् । बक्सिङ, उसु, किक बक्सिङ, क्योकुशिन, जुडो र करातेजस्ता खेलका खेलाडीलाई पनि सुरुमा यो खेलबाट जाँदा मद्दत पुग्ने भएकाले मुवाँथाईमा अन्य खेलका खेलाडी पनि आउने गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए । अहिले देशभर ५० वटा क्लब र दुई हजार जति खेलाडी नियमित प्रशिक्षण गर्ने गरेको उनी बताउँछन् । विभागीय टोली आर्मी र एपिएफमा पनि यो खेलप्रति आकर्षण बढ्दै गएको छ ।

नेपाली मुवाँथाईले एसियन इन्डोर मार्सल आर्ट्स गेम्समा पनि खेलिसकेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय ओलम्पिकमा पनि दर्ता भएको अध्यक्ष कक्षापतिीले उल्लेख गरे । अन्तर्राष्ट्रिय पदकसँगै देशमा लोकप्रियता बढ्दै गए पनि राज्यले मुवाँथाइ खेलप्रति बेवास्ता गर्दै आएको उनले गुनासो गरे । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुरूप नै ६३ वटा खेलसरह मुवाँथाई खेल संघ दर्ता छ । तर राज्यले अन्य खेलसरह व्यवहार नगरेको उनी बताउँछन् । ६३ वटै खेल समान व्यवहार राज्यले नगरेको उनले दाबी गरे । के को आधारमा राज्यले ३०/३१ वटा खेलको मात्र राष्ट्रिय खेल गराउनुले विभेदकारी नीति राज्यबाट हुँदै आएको छ । खेलकुद परिषद् बिना मापदण्ड राष्ट्रिय खेलकुदमा समावेश गर्नु गलत रहेको उनी बताउँछन् ।

प्राइभेट क्लवहरूमा यो खेल सिक्ने खेलाडीले धेरै पैसा तिर्न बाध्य छन् । तर, त्रिपुरेश्वरस्थित मुवाँथाइ संघको केन्द्रिय प्रशिक्षण केन्द्रमा भने फरक वातावरण छ । ८ वर्षदेखि ४० वर्ष उमेरसम्मका खेलाडीहरू प्रशिक्षण गर्छन् । जहाँ सामान्य वर्गका र पैसा तिरेर खेल्न नसक्ने खेलाडीलाई पनि संघले प्रशिक्षण गराउँदै आएको छ । राष्ट्रका लागि खेल्न नसके पनि स्वास्थ्यका लागि खेल्न खेलाडीलाई प्रोत्साहित गर्दै छन् । पछिल्ला समय साइन्स बढेकाहरू पनि खेलकुद आउँदा खेल विकासमा मद्दत पुग्ने गरेको उनको भनाइ छ । धेरैजसो फिटनेसका लागि पनि मुवाँथाई खेल्ने गरेका छन् । तर दुई दशकको अन्तर्राष्ट्रिय यात्रामा यो खेलले विश्व च्याम्पियनसिपमा चार वटा पदक ल्याएको छ । यसपल्ट २० वटा देशको वरियतामा नेपाल चौथो स्थानमा रहेको अध्यक्ष कक्षपति बताउँछन् । नवौँ राष्ट्रिय खेलकुदसँगै केही संस्करणमा मुवाँथाई प्रदर्शनी खेलका रूपमा समावेश हुँदै आएको छ । पछिल्लो ओलम्पिकमा पनि यो प्रदर्शन खेलका रूपमा भइसकेको छ ।

मार्सल आर्ट्सका अन्य विधा खेल्न पनि मुवाँथाई खेलले मद्दत पुग्ने उनी बताउँछन् । बक्सिङ, उसु, किक बक्सिङ, क्योकुशिन, जुडो र करातेजस्ता खेलका खेलाडीलाई पनि सुरुमा यो खेलबाट जाँदा मद्दत पुग्ने भएकाले मुवाँथाईमा अन्य खेलका खेलाडी पनि आउने गरेको अध्यक्ष कक्षपतिले जानकारी दिए । अहिले देशभर ५० वटा क्लब र दुई हजार जति खेलाडी नियमित प्रशिक्षण गर्ने गरेको उनी बताउँछन् । विभागीय टोली आर्मी र एपिएफमा पनि यो खेलप्रति आकर्षण बढ्दै गएको छ ।

नेपाली मुवाँथाईले एसियन इन्डोर मार्सल आर्ट्स गेम्समा पनि खेलिसकेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय ओलम्पिकमा पनि दर्ता भएको अध्यक्ष कक्षापतिीले उल्लेख गरे । अन्तर्राष्ट्रिय पदकसँगै देशमा लोकप्रियता बढ्दै गए पनि राज्यले मुवाँथाइ खेलप्रति बेवास्ता गर्दै आएको उनले गुनासो गरे । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुरूप नै ६३ वटा खेलसरह मुवाँथाई खेल संघ दर्ता छ । तर राज्यले अन्य खेलसरह व्यवहार नगरेको उनी बताउँछन् । ६३ वटै खेल समान व्यवहार राज्यले नगरेको उनले दाबी गरे । के को आधारमा राज्यले ३०/३१ वटा खेलको मात्र राष्ट्रिय खेल गराउनुले विभेदकारी नीति राज्यबाट हुँदै आएको छ । खेलकुद परिषद् बिना मापदण्ड राष्ट्रिय खेलकुदमा समावेश गर्नु गलत रहेको उनी बताउँछन् ।

प्राइभेट क्लवहरूमा यो खेल सिक्ने खेलाडीले धेरै पैसा तिर्न बाध्य छन् । तर, त्रिपुरेश्वरस्थित मुवाँथाइ संघको केन्द्रिय प्रशिक्षण केन्द्रमा भने फरक वातावरण छ । ८ वर्षदेखि ४० वर्ष उमेरसम्मका खेलाडीहरू प्रशिक्षण गर्छन् । जहाँ सामान्य वर्गका र पैसा तिरेर खेल्न नसक्ने खेलाडीलाई पनि संघले प्रशिक्षण गराउँदै आएको छ । राष्ट्रका लागि खेल्न नसके पनि स्वास्थ्यका लागि खेल्न खेलाडीलाई प्रोत्साहित गर्दै छन् । पछिल्ला समय स्पोटर््स साइन्स बढेकाहरू पनि खेलकुद आउँदा खेल विकासमा मद्दत पुग्ने गरेको उनको भनाइ छ । धेरैजसो फिटनेसका लागि पनि मुवाँथाई खेल्ने गरेका छन् । तर दुई दशकको अन्तर्राष्ट्रिय यात्रामा यो खेलले विश्व च्याम्पियनसिपमा चार वटा पदक ल्याएको छ । यसपल्ट २० वटा देशको वरियतामा नेपाल चौथो स्थानमा रहेको अध्यक्ष कक्ष पति बताउँछन् । नवौँ राष्ट्रिय खेलकुदसँगै केही संस्करणमा मुवाँथाई प्रदर्शनी खेलका रूपमा समावेश हुँदै आएको छ । पछिल्लो ओलम्पिकमा पनि यो प्रदर्शन खेलका रूपमा भइसकेको छ ।

0 Comments