१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कूटनीतिक पहल गरी सुस्ता विवाद समाधान गर्न सरकारसँग माग

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले कूटनीतिक पहल गरी सुस्ता विवाद समाधान गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले उक्त माग गरेकी हुन् । उनले पश्चिम नवलपरासीको सुस्ता-५ थारु टोलमा निर्माणाधीन १३२ मिटर लामो अस्थायी बाँध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काउन थालेपछि स्थानीयसँग विवाद भएको उल्लेख गर्दै नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको विषयमा सरकार संवेदनशील हुनुपर्ने बताइन् । उनले भावनात्मक प्रतिक्रिया भन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखी संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारसँग माग गरिन्।

सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न, जनजीवन सहज बनाउन आवश्यक कदम चाल्न तथा सुस्ता लगायत सीमा विवादमा छिमेकी राष्ट्रसँग उच्चस्तरीय कूटनीतिक पहल गरी नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने दीर्घकालीन समाधान खोज्न उनले आग्रह गरिन्।

नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा भारतीय गतिविधि, सुस्तामा तटबन्ध भत्काइएको घटना तथा तीन जना नेपाली युवा घाइते भएको विषय उठाउँदै नेपालको सीमा सुरक्षा र सार्वभौमिकताको संरक्षणबारे सरकारको जवाफ माग गरे ।

उनले कानूनमन्त्री र पूर्वाधारमन्त्रीले चोरीको सवारीसाधनमा चढेर हिँड्ने गरेको पनि आरोप लगाए ।

उनले चार महिनादेखि जारी रहेको दीपा नेपालीको आन्दोलनप्रति सरकार मौन रहेको आरोप लगाए । उनले पीडितको माग सम्बोधन गर्न तत्काल वार्तामा बोलाएर समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

0 Comments