१८ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैन’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गठन र विघटनको गहिरो समीक्षा नगरीकन वामपन्थी एकता गरिए त्यसले कुनै सार्थकता नपाउने बताएका छन् । 

सोमवार २४ औँ बोत्ले स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताइका हुन् । तत्कालीन नेकपाको गठन र विघटनले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको उनको भनाइ छ । 

महासचिव पोखरेलले कम्युनिष्ट दलहरूले नेताहरूका टाउका नभई कार्यकर्ताको भावना जोड्ने कुराको सामर्थ्य राख्न सक्नुपर्ने बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलन कमजोर हुनुको मुख्य कारण नेताहरुबीचको झगडा भएको टिप्पणी गरे । 

उनले नेताहरूबीचको सहमतिलाई मात्रै आधार बनाएर नभई कार्यकर्ताको भावना, नीति र साझा कार्ययोजनामा आधारित एकताले मात्रै आन्दोलनलाई पुनर्जीवित गर्न सक्ने बताए । उनले अहिले लोकतान्त्रिक व्यवस्थाका लागि लडेका राजनीतिक दलहरूसँगै लोकतान्त्रिक व्यवस्था समेत संकटमा रहेको बताए । उनले जेन जेड आन्दोलनको सन्दर्भमा राजनीतिक दलहरूका सोचहरू विभाजित हुँदा मुलुक दुर्घटना उन्मुख रहेको बताए ।

उनले भने, ‘नेकपाको गठन र विघटन नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाउने एउटा महत्वपूर्ण परिघटना बन्यो । जसले नेपालको वामपन्थी आन्दोलनलाई कमजोर बनाएको छ । यसको समीक्षा नगरीकन फेरि नेताहरूका टाउका जोडेर वाम एकता र सफलता प्राप्त गरिन्छ भन्ने खालको मान्यता बनायौँ भने त्यसको कुनै सार्थकता हुँदैन । त्यसैले मैले भन्ने गर्छु नेताहरूका टाउका होइन कार्यकर्ताको भावना जोड्ने कुराको सामर्थ्य राख्न सक्नुपर्दछ । त्यसले नै वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्दछ । किनकि आजको वामपन्थी आन्दोलन कमजोर हुनुका पछाडि नेताहरूका बीचको झगडाको हो । त्यसलाई बलियो बनाउने हो भने नेतालाई केन्द्रित गरेर होइन, नीतिलाई केन्द्रित गरिकन, कार्ययोजनालाई केन्द्रित गरिकन वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्ने कुरामा सोच्ने हो भने मात्र आन्दोलनको पुनर्जागरण हुन सक्दछ भन्ने कुरा हामीले बुझ्नुपर्दछ ।’

मुलुकको लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि लोकतन्त्र स्थापनाका लागि लडेका राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको महासचिव पोखरेलको भनाइ छ ।

0 Comments