काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.०७ अंकले बढेर २६८५.४१ विन्दुमा पुगेको हो।
प्रि-ओपन सेसनमा ५२ वटा स्क्रिप्सको ११ हजार ६७२ कित्ता सेयर ८१ लाख ३३ हजार ७ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।
यो सेसनमा इस्टर्न हाइड्रोपावरको सेयर ५ प्रतिशतले बढ्दा इभरेष्ट कलर लिमिटेड,होटेल फरेस्ट र नेपाल वायर हाउस कम्पनीको सेयर ४.९९ले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।






