१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ मुलुक र नियोगमा राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट सिफारिस गर्ने प्रक्रिया अघि बढ्यो

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले रिक्त रहेका तथा कार्यकाल पूरा भएर निरन्तरता दिइएका गरी २१ मुलुक र नियोगमा नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार राजदूत रिक्त रहेका १६ दूतावास तथा चार वर्षे कार्यकाल पूरा गरेपछि केही समयका लागि जिम्मेवारी सम्हालिरहेका इजिप्ट, बहराइन, बांङ्लादेश, म्यानमार र संयुक्त राष्ट्र संघीय नियोग भियनासहित २१ स्थानमा आगामी दुई साताभित्र नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरिएको हो।

हाल नेपालका १५ मुलुक तथा नियोगमा मात्र राजदूत कार्यरत छन् भने १६ स्थानमा पद रिक्त रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। नेपालका विभिन्न मुलुकमा २८ वटा दूतावास छन्। त्यसबाहेक संयुक्त राष्ट्र संघका लागि न्यूयोर्क, जेनेभा र भियनास्थित स्थायी नियोग तथा आठ वटा महावाणिज्य दूतावाससहित नेपालको कुल ३९ वटा कूटनीतिक नियोग सञ्चालनमा रहेका छन्।

मन्त्रालयका अनुसार हाल न्यूयोर्क, जेनेभा, भियना, बहराइन, बांङ्लादेश, बेल्जियम, क्यानडा, इजिप्ट, फ्रान्स, कुवेत, म्यानमार, पाकिस्तान, पोर्चुगल, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) मा राजदूत कार्यरत छन्।

त्यस्तै अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरब, श्रीलंका, बेलायत, अमेरिका र स्पेनस्थित नेपाली नियोगमा राजदूत पद रिक्त रहेको मन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कमा रहेका नेपाली दूतावास बन्द गर्ने निर्णयसमेत गरेको छ।

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि सार्वजनिक रूपमा माग गरिएको आवेदनको अध्ययन भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार खुला आवेदनबाट प्राप्त विवरणका आधारमा पहिलो पटक राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरिएको छ।

यसअघि मुख्यतः राजनीतिक भागबन्डा र प्रशासनिक संयन्त्रबाट हुने गरेको राजदूत नियुक्ति प्रक्रियामा सरकारले खुला आवेदन प्रणालीमार्फत नयाँ अभ्यास अघि बढाउन लागेको हो।

0 Comments