२० श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसलधारे वर्षाको पूर्वानुमानपछि इलाम प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

अ+ अ-

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय, इलामले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै मंगलबार दिउँसो मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले जारी गरेको अत्यावश्यक सूचनाअनुसार श्रावण २० गते दिउँसो १ बजेदेखि ३ बजेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले अचानक बाढी, पहिरो, भू-कटान, गेग्रान बहाव तथा डुबानको जोखिम बढ्न सक्ने जनाएको छ।

प्रशासनले अत्यावश्यक कामबाहेक घर वा सुरक्षित बासस्थानबाट बाहिर ननिस्कन, वर्षाका बेला अनावश्यक यात्रा नगर्न तथा भारी वर्षा भइरहेका अवस्थामा सवारीसाधन सुरक्षित स्थानमा रोकी जोखिम कम गर्न आग्रह गरेको छ।

खोला, खहरे, नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा डुबान प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन र आवश्यक परे स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।

विपद्को अवस्थामा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको हेल्पलाइन १२३४, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ।

0 Comments