२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित

अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुई वटा वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने ११ घरपरिवार विस्थापित भएका छन् ।

जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका हुन् । पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्तीसमेत जोखिममा परेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार सोलुदूधकुण्ड नगरपालिका–३ को वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो । 

यस्तै, सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन केही दिनअघि गएको पहिरोका कारण जोखिममा परेको छ । “निरन्तर वर्षात् भइरहेकाले जिल्लाका अन्य सरकारी संरचनामा समेत सामान्य क्षति पुगेको छ”, प्रमुख जिल्ला अधिकारी थापामगरले भने । 

सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीस्थित वडा कार्यालय भवनभन्दा ठिक माथिबाट विस्तार गरिएको सडक क्षेत्रमा पहिरो जाँदा वडा कार्यालयको शौचालय बगाएको छ । पहिरोका कारण नजिकै रहेको प्रशासनिक भवनसमेत उच्च जोखिममा रहेको वडाध्यक्ष ल्हाक्पागेलु शेर्पाले बताए । उनका अनुसार वडा कार्यालयको माथिल्लो भिरबाट ठूलो पहिरो खसेको छ । पहिरोले सडकसहित आसपासका संरचनामा क्षति पुर्‍याएको छ भने पहिरो थप विस्तार हुनसक्ने जोखिम छ ।

“पहिरो निकै ठूलो भएकाले तत्काल रोकथाम गर्न सकिने अवस्था छैन”, वडाध्यक्ष शेर्पाले भने । पहिरो थप बढेमा वडा कार्यालय भवनसँगै स्वास्थ्य चौकीसमेत प्रभावित हुनसक्ने उहाँले बताए । वडा कार्यालयभन्दा माथिल्लो क्षेत्रमा रहेको भिरबाट पहिरो निरन्तर खसिरहेकाले आसपासको भूभाग थप जोखिमपूर्ण बन्दै गएको उनको भनाइ छ ।

त्यसैगरी, सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पनि पहिरोको उच्च जोखिममा परेको छ । पहिरोले वडा कार्यालय परिसरको पर्खाल बगाएको छ । यस्तै वडा कार्यालय भवन र कर्मचारी आवाससमेत जोखिममा परेका वडाध्यक्ष दीपबहादुर राईले बताए। 

पहिरो निरन्तर बढ्दै गएकाले कुनै पनि बेला वडा कार्यालय भवनसमेत तान्न सक्ने अवस्था रहेको उनले बताए । वडा कार्यालयभन्दा तल रहेका पाँच घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । घर जोखिममा परेपछि उनीहरू सुरक्षित स्थानमा पाल टाँगेर बसिरहेका छन् ।

“पहिरो बढ्दै गएको छ । वडा कार्यालय त जोखिममा छ नै, यसले बस्तीसमेत धरापमा पारेको छ । ठूलो पानी परेको समयमा मलाई राति निद्रा लाग्दैन”, वडाध्यक्ष राईले भने, “झरी निरन्तर छ । वडा कार्यालय आसपासको जमिन पहिरोले थिलथिलो भएको छ । असाध्यै चिन्ता लाग्छ, कुन बेला के घटना हुने हो थाहा छैन ।”

यसैबीच पहिरोका कारण जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ मा पाँच घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार पहिरोका कारण घर जोखिममा परेपछि उनीहरूलाई नजिकै रहेको विद्यालय भवनमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पनि पहिरोका कारण एक घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । घर पहिरोको जोखिममा परेपछि उक्त परिवारलाई विद्यालय भवनमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । 

जिल्लाका विभिन्न क्षेत्रमा पहिरोका कारण हालसम्म ११ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई जोखिमयुक्त घरमा बस्न नदिई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । निरन्तर वर्षाका कारण जिल्लाका ग्रामीण सडक, सरकारी संरचना तथा बस्ती आसपासका क्षेत्रमा पहिरोको जोखिम बढेको छ । विशेषगरी भिरालो भूभागमा सडक विस्तार गरिएका क्षेत्र तथा पहिरोको पुरानो जोखिम रहेका क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ । 

जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त स्थानमा रहेका बस्ती तथा संरचनाको अवस्थाबारे निगरानी गरिरहेको जनाइएको छ । वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिम तत्काल घट्ने अवस्था नरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा सम्भावित विपद्को अवस्थामा सुरक्षित स्थानमा जान जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

0 Comments