२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी विभाजन गर्ने गल्ती नगर्न नेता साउदको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई पार्टी विभाजनको बाटो नलिन आग्रह गरेका छन् । 

सोमवार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता साउदले आन्तरिक मतभेदलाई बिर्सेर पार्टी एकतामा जोड दिनुपर्ने बताएका हुन् ।

 सर्वोच्च अदालतले हालै अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा डिभिजन बेन्चको फैसलामाथि पुनरावलोकन गर्ने निर्णय गरेको उल्लेख गर्दै नेता साउदले यसलाई असन्तुष्ट पक्षका लागि ‘सुध्रिने अवसर’ का रूपमा चित्रण गरे । नेता साउदले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिमा विशेष अधिवेशनको नेतृत्व गर्ने नेताहरूको पनि सहभागिता र महत्त्वपूर्ण जिम्मेवारी रहेको स्मरण गराए । 

उनले वर्तमान केन्द्रिय समितिकै आयोजनामा १५ औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गरे मात्रै पार्टी एकजुट रहने विश्वास व्यक्त गरे । 

उनले भने, ‘अदालतको पछिल्लो निर्णयले विशेष अधिवेशनको माग गर्ने साथीहरूलाई सच्चिने एउटा ठूलो अवसर दिएको छ । अब १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनतर्फ लाग्नुपर्छ । तपाईँहरूले गर्ने भनिएको १५ औँ महाधिवेशन विभाजनको महाधिवेशन हुनेछ । हामी एकताको १५ औँ महाधिवेशन चाहन्छौँ । त्यसैले पार्टी तोड्ने जस्तो अन्तिम गल्ती नगर्नुस् ।’

नेता साउदले पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्कने जानकारी दिँदै २९ गते बस्ने भेलाबाट पार्टीले नयाँ कार्यदिशा र दृष्टिकोण तय गर्ने बताए । 

0 Comments