काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ११.२७ अंकले घटेर २६२९.७८ विन्दुमा अडिएको छ।
प्रि-ओपन सेसनमा ६८ वटा स्क्रिप्सको ४ हजार ९९५ कित्ता सेयर ३४ लाख ७६ हजार ५४८ रुपैयाँमा खरिदबिक्री भएको छ ।कारोबारमा आएकामध्ये १४ वटा स्टक्सको मूल्य बढ्दा ४९ वटाको घटेको छ भने बाँकी ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।






