२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले भारतमा रहेका लाखौँ नेपाली नागरिकले भोग्नुपरेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले भारतमा कार्यरत नेपाली श्रमिकको सुरक्षा, कानुनी अधिकार र जीविकोपार्जनका सवालमा राज्यको उपस्थिति प्रभावकारी नभएको भन्दै आपत्ति जनाए । सांसद मल्लले गत साउन १ गतेदेखि भारतको सिमलाबाट बेपत्ता भएका सल्यान दार्माका चक्र कार्कीको तत्काल खोजी र उद्धारका लागि सरकारसँग माग गरे। हराएका नागरिकको खोजीमा सरकारी संयन्त्र तत्काल सक्रिय नहुनु दु:खद् भएको बताउँदै उनले भारतमा रहेका नेपालीका लागि २४ सै घण्टा सञ्चालन हुने गरी ‘आपत्कालीन सहायता संयन्त्र’ निर्माण गर्न प्रस्ताव गरे । 

नेपाली श्रमिकहरूले भारतमा उचित पारिश्रमिक नपाउने, दुर्घटना हुँदा क्षतिपूर्ति र उपचारमा समस्या भोग्नुपर्ने तथा मृत्यु हुँदा शव स्वदेश ल्याउनसमेत कठिनाइ हुने गरेको बताए । 

उनले भने, ‘भारतमा रहेका नेपालीहरू नेपाल–भारत सम्बन्धका सेतु मात्र होइनन्, उनीहरूले देशको अर्थतन्त्रमा समेत ठूलो योगदान पुर्‍याएका छन् । उनीहरूको सुरक्षा र अधिकारका लागि राज्यले कूटनीतिक सक्रियता बढाउनु आवश्यक छ ।’

सम्बोधनका क्रममा सांसद मल्लले दिल्लीमा मात्र सीमित कन्सुलर सेवालाई नेपालीहरूको बाक्लो उपस्थिति रहेका सिमला, बेङ्गलुरु र महाराष्ट्र जस्ता सहरहरूमा विस्तार गर्न माग गरे। उनले भारतमा रहेका नेपालीहरूको स्वेच्छिक अभिलेखीकरण गरी वास्तविक तथ्यांक सार्वजनिक गर्न र सोही आधारमा सेवा प्रवाह गर्न सरकारलाई सुझाव दिए । 

0 Comments