काठमाडौँ । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा यस वर्षको पहिलो सात महिनामा ४३ लाख ७० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।
श्वेडागन प्यागोडा ट्रस्टका सदस्य यू बो थिनले दिएको जानकारीअनुसार सन् २०२४ को जनवरीदेखि जुलाईसम्मको अवधिमा उक्त संख्यामा दर्शनार्थी तथा पर्यटकहरूले प्यागोडाको अवलोकन गरेका हुन् ।
उक्त अवधिमा ४६ हजारभन्दा बढी विदेशी पर्यटकहरूले प्यागोडाको भ्रमण गरेका छन् । विदेशी पर्यटकहरूमध्ये सबैभन्दा बढी चीन र थाइल्याण्डका नागरिकहरू रहेको तथ्याङ्कले देखाएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । गत वर्षको पहिलो सात महिनामा ४१ लाख १० हजारभन्दा बढी पर्यटकले सो ऐतिहासिक स्थलको भ्रमण गरेका थिए ।






