२७ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा पक्षको काँग्रेस भेला शुक्रबारदेखि, पाँच हजारसम्म सहभागी हुने अनुमान

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेला साउन २९ गतेदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुने भएको छ । तीन दिनसम्म चल्ने भेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माका अनुसार कार्यक्रमको नेतृत्व आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले गर्नेछन् । पूर्वसभापति देउवालाई भेलाको प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ भने उनले शुक्रबार दिउँसो १ बजे कार्यक्रमको उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोहमा काँग्रेसका शीर्ष नेताहरूले धारणा राख्ने कार्यक्रम तय भएको छ । त्यसपछि शनिबार र आइतबार दुई दिन बन्द सत्र सञ्चालन हुनेछ ।

आयोजकका अनुसार भेलामा करिब ४ हजार ६ सय नेता तथा कार्यकर्ताको सहभागिता अपेक्षित छ । सहभागीको संख्या बढेर ५ हजारभन्दा बढी पुग्न सक्ने अनुमानसमेत गरिएको छ ।

भेलामा छलफलका लागि प्रस्तुत गरिने प्रतिवेदनको तयारी पनि अन्तिम चरणमा पुगेको छ । आयोजकका अनुसार प्रतिवेदनलाई अन्तिम रूप दिएर सार्वजनिक सञ्चारमाध्यमका लागि उपलब्ध गराउने तयारी भइरहेको छ ।

पार्टीभित्रको पछिल्लो राजनीतिक तथा संगठनात्मक अवस्थाबारे धारणा आदानप्रदान र आगामी रणनीतिमाथि छलफल गर्ने उद्देश्यले देउवा पक्षले भेला आयोजना गर्न लागेको हो ।

0 Comments