२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गरिन् । सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्याँसको कृत्रिम अभाव भएकाले कालो बजारी नियन्त्रणका लागि कडा रूपमा अनुगमन गर्न आग्रह गरे ।

सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गरे । सदस्य पदमबहादुर परियारले तनहुँ हाइडो निर्माण गर्दा सेती नदी बहाव परिवर्तन भई समस्या भएकाले समाधान गर्नुपर्नेमा जोड दिए ।

सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानको हिमाल आरोहण गर्दा निधन भएका निर्मल पुर्जासहित छ जना नेपाली र अन्य तीन जनाको निधन भएकामा दुःख व्यक्त गरे । सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्ष पीडितले तीन दर्जन आयोग बन्दा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडा नीति बनाएर घर र डेरा भाडा तोक्न माग गरिन् । सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार यत्तिकै धरपकड गरिएको भन्दै विरोध जनाइन् ।

0 Comments