२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोदी खोलामा बाढी, अन्नपूर्ण मन्दिरमा पुजारीसहित तीन जना जोखिममा

अ+ अ-

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बस्दै आएका तीन जना जोखिममा परेका छन् । 

गए राति परेको अविरल वर्षाका कारण मोदी खोलामा पानीको बहाव बढेपछि खोलाको बीचमा ढिस्कोमा रहेको मन्दिरमा रहेका पुजारीसहित तीन जना खोलाको बीचमा फसेका हुन् । उनीहरूको नाम थर र ठेगाना भने खुल्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले बताए।

“मन्दिरको दुवैतर्फको मेटलको दुई वटा पुल बगाएपछि मन्दिरमा बसेका तीन जना फसेको खबरपछि उद्धारको तयारी भइरहेको छ, सशस्त्र प्रहरी उद्धार सामग्रीसहित अहिले घटनास्थलमा पुगिसकेको छ ।” सहायक प्रजिअ बरालले भने ।  उनका अनुसार घटनाको जानकारी पाएपछि  राति १:२७ बजे प्रहरीचौकी नयाँ पुलबाट प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको कमाण्डमा चार जनाको टोली उद्धारका लागि खटिएको छ । 

यसैगरी सशस्त्र प्रहरी बल नं २४ गण कालिका कास्कीबाट प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा १३ जनाको विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको प्रशासनले जनाएको छ । निरन्तर वर्षा भइरहेकाले पानीको बहाव थप बढेमा मन्दिरसहित खोलाको बीचमा रहेको ढिस्को बगाउन सक्ने जोखिम रहेको प्रहरीले जनाएको छ ।  

यसैगरी मोदी खोलाको बाढीले अन्नपूर्ण–८ स्थित विरेठाँटी नजिक बाटो कटान गर्दा नयाँ पुल–विरेठाँटी–घान्द्रुक सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको सहायक प्रजिअ बरालले जानकारी दिए । 

0 Comments